Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन र एभरेष्टको मर्जरलाई बीमा समितिको अन्तिम स्वीकृति, एकिकृत कारोबार कहिले ?

अर्थ संसार

आइतबार, १२ असार २०७९, १२ : ३९ मा प्रकाशित

हिमालयन र एभरेष्टको मर्जरलाई बीमा समितिको अन्तिम स्वीकृति, एकिकृत कारोबार कहिले ?

हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडको मर्जरलाई बीमा समितिले अन्तिम स्वीकृति प्रदान गरेकाे छ । समितिले गत बिहीबार (असार ९ गते) अन्तिम स्वीकृति प्रदान गरेकाे हाे । 

यी २ कम्पनीकाे एकिकृत कारोबार 'हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड' काे नाममा साउन १ गतेबाट सुरू हुने भएकाे छ । दुवै कम्पनीकाे असार २ गते सम्पन्न भएकाे विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । 

यी २ कम्पनी १००ः०.८५ काे अनुपातमा मर्ज हुन लागेका हुन् । जस अनुसार एभरेष्ट इन्स्याेरेन्सकाे १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्याेरेन्सकाे ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेकाे छ । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

दुवै कम्पनीबीच वैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । साेही कारण अहिले दाेश्राे बजारमा यी दुवै कम्पनीकाे काराेबार राेक्का छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको