Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १६ : ०२ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज असार २ गते बिहिबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेकाे छ । साथै सम्पत्ति दायित्व मुल्याङ्कन (DDA) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरिएकाे छ ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको