Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन अपडेट : २०.२१ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

सोमबार, १० जेठ २०७८, १० : ५२ मा प्रकाशित

प्रिसेसन अपडेट : २०.२१ अंकले बढ्यो नेप्से परिसूचक

आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.२१ अंकले बढेर २८४०.२१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.७६ अंकले बढेर ५०८.९३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ८२ वटा कम्पनीको ४८ हजार ७ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा २ कराेड ९६ लाख ८९ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएकाे छ ।

प्रिओपन सेसन कारोबारमा कालिका पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने राधी जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा नेकाे इन्स्याेरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

हिजाे साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे थियाे । यसअघि गत मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले हिजाे साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको थियाे । कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

60ab365a211d2.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको