Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन अपडेट : ५ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

मंगलबार, ११ जेठ २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन अपडेट : ५ अंकले बढ्यो नेप्से परिसूचक

आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ५ अंकले बढेर २८२८.०६ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.१८ अंकले बढेर ५०९.६७ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५२ वटा कम्पनीको ९ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ३८ हजार ९ सय ४६ रुपैयाँको कारोबार भएकाे छ ।

प्रिओपन सेसन कारोबारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ज्याेति लाइफ इन्स्याेरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे सर्वाधिक काराेबार भएकाे छ ।

हिजाे साेमबार नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे थियाे । साेमबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए । साेमबार नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको थियाे । सोमबार कूल २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२  कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको कारोबार थियाे ।

60ac8894d4ee2.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको