Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीमा मंगलबार झुमिए लगानीकर्ता

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १६ : ०६ मा प्रकाशित

यी १० कम्पनीमा मंगलबार झुमिए लगानीकर्ता

आज (मंगलबार) सेयर बजारमा करेक्सन आएको छ । मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा पुगेको छ । नेप्से ०.२३ प्रतिशतले घटेको हो ।  

कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे छ । 

आज अरुण कावेली पावर लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ३३ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीको सेयरमूल्य ७.९५ प्रतिशतले बढेर ४ सय २१ रुपैयाँ कायम भएको छ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले ३३ करोड ७ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ४ सय ३२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ३० करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । मंगलबार कम्पनीको सेयरमूल्य २.३८ प्रतिशतले घटेर ५ सय ७४ रुपैयाँ कायम भएको छ । कम्पनीले आइतबार मात्रै १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो । हकप्रद निष्काशनको अनुमति पाएसँगै कम्पनी कारोबार ह्वात्तै बढेको हो ।

यता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २९ करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबारमूल्य एक हजार ५३ रुपैयाँ कायम भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २७ करोड ८५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने गुँरास लाइफ इन्स्योरेन्सले २६ करोड १८लाख ५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । ये दुवै कम्पनीको सेयरमूल्य क्रमशः एक हजार २ सय ९३ रुपैयाँ र ८ सय ७३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, युनाइटेड इन्स्योरेन्स कम्पनीले २४ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ७ सय ९२ रुपैयाँ कायम भएको छ । 

यता, सधैँजसो सर्वाधिक कारोबारको अग्र स्थानमा रहने कम्पनी नेपाल पुनर्बीमा कम्पनीले आज २३ करोड ९३ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ६ सय ३८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले २० करोड ५६ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ६० लाख १९ रुपैयाँ बराबरको कारोबार गरेको छ । यी कम्पनीको सेयरमूल्य क्रमश: एक हजार ४ सय १६ रुपैयाँ र ९ सय ७७ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको