लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्वीटी फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ । वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) सँगै सेयर लगानी रकममा गिरावट आएको छ ।
वैशाख मसान्तमा फण्डको न्याभ १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १५ रुपैयाँ ५४ पैसा रहेको थियो । फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा १९ पैसाले गिरावट आएको हो ।
सो अवधिमा फण्डले सूचीकृत सेयरमा ८७ करोड १९ लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड ९८ करोड ४९ लाख ६२ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी ११ करोड ३० लाख २३ हजारले घटेको छ । यस अवधिमा फन्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
सो अवधिमा फण्डको मुद्दति निक्षेप स्थिर रहेको छ । बैंक मौज्दात भने बढेर ८९ करोड ७१ लाख ८० हजार रुपैयाँमा झरेको छ । चैत महिना भने बैंक मौज्दातमा ७९ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस