Like us!
Follow us!
Connect us!
Watch us!

'निषेधाज्ञा' सेयर बजारलाई फलिफाप ! बजार नयाँ रकर्ड कोर्दै,अघि बढ्दै

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १५ : १३ मा प्रकाशित

'निषेधाज्ञा' सेयर बजारलाई फलिफाप ! बजार नयाँ रकर्ड कोर्दै,अघि बढ्दै

आज(आइतबार)को कारोबारमा नेप्से परिसुचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसुचक १२.५४ अंकले बढेर २८३७.९३ को बिन्दुमा पुग्दा कारोबार रकम भने १७ अर्ब नाघेको छ ।  

नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आज नेप्से परिसूचक ०.४५  प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक ३.३५  अंकले बढेर ५०७.०६ बिन्दुमा पुगेको छ ।

आइतबार कूल २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८  कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको