नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले वार्षिक साधारणसभा आगामी जेठ ११ गते सोमबार आह्वान गरेको छ। काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे बस्ने उक्त सभाले विशेष गरी आईपीओ निष्काशनसम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गर्नेछ।
कम्पनीले पूँजी वृद्धिपछि कायम हुने जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्न नियामक निकायसँग स्वीकृति लिने र त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेन्डा तय गरेको छ। यसका साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू अनुमोदन गर्ने, नयाँ आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको निर्वाचन गर्नेछ। साधारणसभामा उच्च पदस्थ कर्मचारीहरूको सेवा–सुविधा निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार समेत सञ्चालक समितिलाई प्रत्यायोजन गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस