Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाई 'सस्ता कम्पनी'

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १५ : ४० मा प्रकाशित

लगानीकर्ताको रोजाई 'सस्ता कम्पनी'

आइतबार लगानीकर्ताको रोजाईमा  कम मूल्यका हाइड्रोपावर कम्पनी, होटल, फाइनान्स  र विकास बैंकको सेयर परेको छन् ।

जम्मा २१९ वटा कम्पनीको  सेयर कारोबार हुँदा ९९ वटा कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यी मध्ये १ दर्जन भन्दा बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सकारात्मक सकिर्ट लाग्ने कम्पनीमा विकास बैंक ,होटल, जलविद्युत कम्पनी र फाइनान्स कम्पनीहरु रहेका छन् । 

ज्योति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रोपावर लिमिटेड, गुडबिल फाइनान्स लिमिटेड,  लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गाडेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, खानीखोला हाइड्रोपावर, जोसी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सांग्रिला डेभलपमेन्ट आदि लगायतको कम्पनीमा पोजेटिप सर्किट लागेको छ । 

आइतबार नेप्से परिसुचक १२।५४ अंकले बढेर २८३७।९३ को बिन्दुपुगेको छ । नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आज नेप्से परिसूचक ०।४५  प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक ३।३५  अंकले बढेर ५०७।०६ बिन्दुमा पुगेको छ ।

 कूल  ४ करोड २६ लाख ३६ हजार ३४८  कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको हो ।

आइतबार बढ्ने कम्पनीहरु 

60b364cc4fb00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको