Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्ष पनि एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै

पत्रपत्रिका

मंगलबार, १८ जेठ २०७८, ०६ : ४२ मा प्रकाशित

यस वर्ष पनि एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै

सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो एसईई आउनै लाग्दा के गर्ने भन्ने अन्योल थियो ।

कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा टुंगो लगाउने जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने मन्त्रालयलाई प्रस्ताव गरेको थियो । 

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको