Like us!
Follow us!
Connect us!
Watch us!

यी २५ क्षेत्रमा हड्ताल गर्न निषेध

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १४ : ४२ मा प्रकाशित

यी २५ क्षेत्रमा हड्ताल गर्न निषेध

गृह मन्त्रालयले सेवा प्रदान गर्ने विभिन्न २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गरेर २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने आदेश जारी गरेको हाे ।

 हड्ताल गर्न निषेध गरिएका क्षेत्रहरु यस प्रकारका छन् :

१. डाँक, तार तथा टेलिफोन सेवा

२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

३. हवाईअड्डा वा हवाईजहाजको देखभाला, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धि सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थापनको कुनै सेवा

७. सञ्चार सेवा

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन र वितरण सेवा

१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा

११. पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चाल सम्बन्धी सेवा (एम्बुलेन्स सेवाजस्ता सेवाहरु)

१३. औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवा

१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

१५. बैंकिङ सेवा

१६. बीमा सेवा

१७. विद्युत सेवा

१८. दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

२०. मास्कसम्बन्धी सेवा

२१. ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा

२२. भेटेरिनरी सेवा

२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

२४. राहदानी विभागबाट प्रदान हुने सेवा

२५. इन्टरनेट सेवा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको