Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत लगानीकर्ताले विभाग - संगठनको सहमित नमान्ने, माइतीघरमा ११ बजे भेला आह्वान

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, ०८ : ४९ मा प्रकाशित

आन्दोलनरत लगानीकर्ताले विभाग - संगठनको सहमित नमान्ने, माइतीघरमा ११ बजे भेला आह्वान

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सहित आन्दोलनमा रहेका लगानीकर्ताले आज माइतीघरमा कार्यक्रम राखेका छन्।  आन्दोलनमा रहेका लगानीकर्ताहरुले ११ बजे माइतिघरमा भेला आवहान नै गरेको छ। 

आन्तरिक राजस्व विभागले पुँजीबजारको हकमा पुँजीगत लाभकर नै अन्तिम कर रहेको बताएपनि  विज्ञप्तिमा प्रयोग भएको शब्दावली देखि सशंकित बन्न पुगेका छन्। 

विज्ञप्तिमा उल्लेख गरिएको "प्राकृतिक व्यक्ति"लाई लिएर लगानीकर्ता अझै  राजस्व विभाग देखि असन्तुष्ट देखिएका छन्। अहिलेको आन्दोलनको नेतृत्व गरेका तिलक कोइरालाले आफ्नो सामाजिक संजालमा लेख्दै आफुहरुलाई दिनदिनै झुक्याउने बक्तब्यको ओईरो लागेको तर बजेट बक्तब्य र आर्थिक विधेयक संशोधन नभएसम्म आन्दोलन नरोकिने र आईतबार टीएमएस बन्द गर्ने भन्दै आक्रोश पोखेका थिए। 

उता आन्तरिक राजस्व विभागले भने  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल लगायतको उपस्थितीमा “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति" राख्ने सहमति गर्यो र सोहि अनुसार बिहिबार साँझ विज्ञप्ति जारी गर्यो । 

यताआन्दोलन रहेका लगानीकर्ता भने कर नीतिसम्बन्धी सरकारका कुनै पनि निकायसँग वार्ता र छलफल नभएको र कसैलाई पनि प्रतिनिधिको रुपमा खटाईएको छैन भन्दै लगानी संगठनको गतिविधि प्रति असन्तुष्टि व्यक्त गरे । उनीहरुले  कसैले आफुलाई सेयर लगानीकर्ताको प्रतिनिधि हुँ भनी कुनै सहमति र सम्झौता गरेमा त्यो अस्विकार्य हुने र  आन्दोलन प्रति कसैले खेलबाड नगर्न चेतावनी समेट दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको