Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको “डिजिटल सिटिजन”अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १६ : ५२ मा प्रकाशित

सिटिजन लाइफको “डिजिटल सिटिजन”अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ

सिटिजन लाइफको “डिजिटल सिटिजन”अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ गरेको छ । 

कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवा ग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नु पर्ने हालको परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानु कूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन यस्तो सेवा सुरु गरेको हो । 

यस सुविधामार्फत अब देखी सेवाग्राही/ बीमितले बीमा दावीगर्नको लागी कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावीप्रकृया पुरा गर्न सकिन्छ ।

कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोलीअनलाईनवाट दावी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावीप्रकृया अगाडी बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिकहुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चांडो हुने र जस्ले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन”अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणालीपनि विगत १ बर्ष देखी सञ्चालनमा रहेको छ ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ। ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहजबनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन”अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरुथुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराउनु भयो ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेरबीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी e-Sewa, Fonepay, Connect IPS गायतका डिजिटल बैकिङ्ग सुविधार कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको