Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

विहीबार, २० जेठ २०७८, ०९ : ३९ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । 

कम्पनीले प्रतिसेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता सेयर बाँडफाँड जेठ १८ गते गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा १:०.५ को अनुपातमा उक्त हकप्रद सेयर बिक्री गरेको हो ।

साथै, कम्पनीले बाँडफाँटमा नपरेको सेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने कम्पनीले जनाएको छ । कम्पनी हकप्रदको बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

60b8538474bbb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको