Like us!
Follow us!
Connect us!
Watch us!

‘अटेरी’ कम्पनीका सञ्चालक र कार्यकारीलाई किन जेल नहाल्नेः विश्लेषक बस्याल

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, ०६ : २४ मा प्रकाशित

‘अटेरी’ कम्पनीका सञ्चालक र कार्यकारीलाई किन जेल नहाल्नेः विश्लेषक बस्याल

शेयर बिश्लेषक बिष्णु बस्यालले समयमा वित्तिय विवरणहरु प्रकाशन नगर्ने कम्पनीहरुलाई कारबाही गरिनु स्वागत योग्य भएपनि कारबाहीलाई दोस्रोबजार कारोबार रोक्कामा मात्र सिमित राखिनु न्यायोचित नहुने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यसरी समयमा वित्तिय विवरण प्रकाशन नगर्ने कम्पनीका सञ्चालक र कार्यकारीलाई आर्थिक अपराधको अभियोगमा कारबाही गर्न माग गरेका छन । उनी लेख्छन् उनीहरुलाई यस्तो कारबाही गर्न कुन कानुन ले राक्यो ? यदि यस्तो कानुन छैन भनेपनि किन अहिलेसम्म बनाउन नसकेको ? धितोपत्र बोर्ड लगानीकर्ताहरुको अभिभावक हो भने किन अहिले सम्म किन कारबाही नगरेको ?

उनले यस्तो आर्थिक अपराध गर्ने कम्पनीका सञ्चालक तथा कार्यकारी लाई आर्थिक जुर्मानाको साथ थप निश्चित समय सम्म बिवरण प्रकाशित गर्नु पर्ने व्यवस्था गर्नु पर्ने होइन र तथा थपिएको समय भित्र पनि विवरण प्रकाशित हुँदैन भने उनीहरुलाई जेल नै सम्म हाल्नुपर्ने बताएका हुन् । 

बस्यालको स्ट्याटस यस्तो छ " वार्षिक तथा त्रैमासिक प्रतिबेदन प्रकाशित नगर्ने कम्पनीहरूलाई कारबाही गर्नु स्वागत योग्य कूरा हो। तर कारबाही के उक्त कम्पनी को कारोवार रोक्का गरेर मात्र पूरा हुन्छ? के कम्पनी ले १०औं वर्ष सम्म पनि बिवरण प्रकाशित नगरी बस्न पाउँछ? उक्त कम्पनी का सञ्चालक तथा कार्यकारीलाई आर्थिक अपराधको अभियोगमा कारवाही गर्न कुन कानूनले रोकेको छ र ? यदि कानून छैन भने किन अहीलेसम्म कानुन न बनाएको? धितोपत्र बोर्ड लगानीकर्ता को अभिभावक हो भने अहीले सम्म किन कुनै कारबाही न गरेको ?

यस्तो आर्थिक अपराध गर्ने कम्पनीका सञ्चालक तथा कार्यकारी लाई आर्थिक जुर्मानाको साथ थप निश्चित समय सम्म बिवरण प्रकाशित गर्नु पर्ने व्यवस्था गर्नु पर्ने होइन र? तथा थपिएको समय भित्र पनि विवरण प्रकाशित हुँदैन भने उनीहरुलाई जेल नै किन न हाल्ने ?

जुर्माना बापत आएको रकम लाइ investors protection fund काे निर्माण गरि त्यो फण्ड मार्फत पीडित लगानिकर्ता हरूलाई क्षति पूर्ति दिने ब्यवस्था किन गर्न सकिँदैन ?

नेप्से ज्यू तपाई हरूलाइ एउटा वा दुईवटा कम्पनी मात्र देखियो तपाईंको विनिमायवली अनुसार वित्तिय बिवरण प्रकाशित न गर्ने कम्पनीहरू ?

RBCL तथा BBC जस्ता कैयौं उदाहरण छन। कि लगानीकर्ताले त्यस्ता कम्पनीहरूको लिस्ट नै बनाएर दिनु पर्ने होकी? यदी हामीले नैं लिस्ट तयार पारेर दिनु पर्ने हो भने तपाईँ हरू के का लागि पदमा आसिन हुनु हुन्छं ? "

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको