Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकका सेयरधनी मालामाल, वाणिज्य बैंकलाई उछिन्दै

अर्थ संसार

शनिबार, २२ जेठ २०७८, १० : ४० मा प्रकाशित

विकास बैंकका सेयरधनी मालामाल, वाणिज्य बैंकलाई उछिन्दै

ब्यवसाय विस्तारकाे हिसावले विकास बैंक बाणिज्य बैंकहरूकाे ओझेलमा छन्। सेयर बजारमा भने पछिल्लाे समय विकास बैंकले बाणिज्य बैंकलाई समेत उछिनेका छन् ।

बाणिज्य बैंकहरू मध्ये सिभिल बैंक र सेन्चुरी कमर्सियल बैंककाे सेयर मूल्य ३ सय रूपैयाँभन्दा तल छ । तर विकास बैंकहरू सबैकाे मूल्य ३ सय रूपैयाँभन्दा बढी छ । सिभिल बैंककाे सेयर बिहिबार २८० रूपैयाँ र सेञ्चुरीकाे सेयर २७७ रूपैयाँमा काराेबार भएकाेे थियाे । विकास बैंकमध्ये सबैभन्दा सस्ताे मूल्य रहेकाे कर्णाी विकास बैंककाे सेयर पनि ३३४ रूपैयाँ छ ।

विकास बैंकमध्ये नारायणी विकास बैंककाे सेयर मूल्य सबैभन्दा धेरै ७७० रूपैयाँ छ । उक्त विकास बैंककाेे सेयर मूल्य यसै बर्ष ८५१ रूपैयाँसम्म पुगेकाे थियाे । पाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको हकप्रद परिमार्जन गरेको छ। कमजोर वित्तीय अवस्थाको बैंकलाई हकप्रदमा लगाम लगाइएको हो। निकै कमजाेर वित्तीय अबस्थाकाे नारायणीकाे सेयर लगानीकर्ताहरूले हकप्रदकाे आसममा उचालिएर किनेका थिए ।

नारायणीले राष्ट्र बैंकसमक्ष १ः२ अनुपातमा हकप्रद निष्काशनको माग गरेकोमा राष्ट्र बैंकले १ः१ अनुपातमा मात्र हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । यसले हकप्रदकाे आसमा उचालिएर लगानी गर्नेहरू पछारिने भएका छन् ।

बैंकको प्रतिशेयर नेटवर्थ ३६.१५ रूपैयाँ मात्रै छ । यसकाे चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ छ । जगेडा कोषमा १२ करोड ६० लाख छ । शेयरधनी कोष २१ करोड २७ लाख रुपैयाँले ऋणात्मक छ । बैंकले चैत मसान्तसम्ममा ५२ लाख ५४ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । यस्ताे बैंकमा हकप्रदकाे लाेभमा उचालिनेहरूकाे लगानी जाेखिममा पर्ने निश्चित छ ।

कम चुक्ता पूँजी रहेका कारण सीमित समुहले शेयर कर्नरिङ्ग गरेर नारायणीकाे शेयर मूल्य उचालेका थिए । बैंकले प्रस्ताव गरेकाे हकप्रद निश्कासन गर्न नपाएपछि सेयर मूल्य घट्ने निश्चित छ ।

विकास बैंकमध्ये कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयर मूल्य पनि उचालिएकाे छ । कम्पनीकाेे सेयर पछिल्लाे पटक ७१५ रूपैयाँमा काराेबार भएकाे छ । त्यसपछि एक्सेल डेभलपमेन्ट बैंककाे सेयर मूल्य ४८६ रूपैयाँ छ ।

अधिकांश विकास बैंककाे सेयर मूल्य ४ सय रूपैयाँभन्दा बढी छ । एक बर्षयता ती बैंककाे सेयर उच्च दरले बढेकाे हाे । यही बर्ष अंकित मूल्य भन्दा कम ९६ रूपैयाँमा झरेकाे कर्णालीकाे सेयर मूल्य अहिले ३३४ रूपैयाँ छ ।

अंकित मूल्यकै हाराहारी १०२ रूपैयाँ रहेकाे सप्तकाेशी विकास बैंककाे सेयर मूल्य पनि अहिले ३५४ रूपैयाँ छ । सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेन्ट बैंककाे ७२७.२५ प्रतिशतले बृद्धि भएकाे छ । सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंककाे १८४.३९ प्रतिशतले बृद्धि भएकाे छ ।

(कसकाे कति प्रतिशत मूल्य बृद्धि हेर्नुहाेस् टेबुलमा) एक बर्षयता विकास बैंककाे सेयर किनन्ने लगानीकर्ताहरू मालामाल भएका छन् । सेयर संख्या थाेरै भएकाले कर्नरिंंग गर्नेहरू विकास बैंकतिर आकर्षित भएका हुन् ।

उसै पनि विकास बैंककाे सेयर मूल्य तुलनात्मक रूपमा निकै सस्ताे छ । पिइ रेसियाे र प्रतिसेयर आम्दानीका आधारमा विकास बैंककाे सेयरमा जाेखिम छैन । माइक्राेफाइनान्समा झुम्मिएका लगानीकर्ताहरूले पछिल्लाे समय सस्ताे मूल्यका सेयरमा आफ्नाे लगानीलाई डाइभर्ट गरेकाे देखिन्छ ।

उनीहरू बीमा कम्पनी, हाइड्राे पावर कम्पनी, फाइनान्सहुँदै विकास बैंकमा आइपुगेका हुन् । विकास बैंककाे सेयरकाे बजारमा उच्च माग भएपछि मूल्य बृद्धि भएकाे जानकारहरू बताउँछन् । विकास बैंककाे मूल्य बढेपछि लगानीकर्ताहरू बाणिज्य बैंकतिर आकर्षित हुने देखिन्छ । यसकाे छनक विहिबारकाे सेयर काराेबारमा देखिइसकेकाे छ ।

कस्ता कम्पनीले अब लगानीकर्तालाई फसाउने वाला छन? आउने बेरिस झन डरलाग्दो हुनेछ l Gyanendra lal Pradhan

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको