Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा कर्फ्यू लागेका क्षेत्रका बैंकहरू बन्द

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ११ : १५ मा प्रकाशित

काठमाडौं उपत्यकामा कर्फ्यू लागेका क्षेत्रका बैंकहरू बन्द

काठमाडौं उपत्यकामा लागू गरिएको कर्फ्यूका कारण प्रभावित क्षेत्रहरूमा बैंकहरू बन्द हुने भएका छन्। जेनजी आन्दोलन चर्किएसँगै निषेधित क्षेत्रहरूमा सेवा स्थगित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकका अनुसार, कर्फ्यू लागेका स्थानहरूमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना शाखा कार्यालयहरू नखोल्न भनिएको छ। त्यस्तै, अन्य क्षेत्रका शाखाहरूमा पनि आंशिक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

अनलाइन कारोबार भने निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ। डिजिटल सेवामा कुनै अवरोध नहोस् भन्नका लागि आवश्यक प्राविधिक तयारी गर्न पनि भनिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको