Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणाली पूर्ण रुपमा सुरक्षित छ, मनोबल बढाएर ब्यवसाय गरौंः गभर्नर पौडेल

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १५ : १८ मा प्रकाशित

बैंकिङ प्रणाली पूर्ण रुपमा सुरक्षित छ, मनोबल बढाएर ब्यवसाय गरौंः गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले बैंकिङ प्रणाली पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंक शाखा कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका हुन् । 

‘६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण भएको थियो । तर आन्दोलनकारीहरूले बैंक नै लक्षित गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर पुगेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सबै सिस्टमहरू ठिक छन्,’ उनले भने । गभर्नर पौडेलले बैंककर्मीहरूको मनोबल बढाउने आवश्यकता रहेको पनि बताए । ‘अहिले सबैको मनोबल घटेको छ । यसअघि पनि हामीलाई मनोबल कायम राख्न चुनौती थियो । अहिले जे घटना भयो त्यसले समस्या थपेको छ, तर समाधानका लागि हामी तयारीमा छौं,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको