Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेप्से सूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

नेप्से

शनिबार, २२ जेठ २०७८, ११ : २८ मा प्रकाशित

साताको सेयर बजार : नेप्से सूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

यस साता पनि सेयर बजारमा एतिहासिक रेकर्ड बनेको छ । कारोबार रकम र नेप्से परिसूचक दुवैले नयाँ रेकर्ड बनाएका हुन् । आइतबार काराेबार रकम र बिहीबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएका हुन् । आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे थियाे भने बिहीबार सेयर बजार २८५६ दशमलव ६७ विन्दुमा पुगी नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएकाे हाे ।

यस साता ५ दिन खुलेको बजारमा ३ दिन बजार बढेको थियो भने २ दिन बजार घटेको थियो ।

यस साता नेप्से परिसूचक ४१ दशमलव २८ अंकले बढेर २८५६ दशमलव ६७ विन्दुमा पुगी रोकिएको छ । गत साता नेप्से परिसूचक २८ दशमलव १८ अंकले बढेर २८ सय १५ दशमलव ३९ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि ९ दशमलव ४१ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ४ दशमलव ७५ अंकले बढेर ५ सय ३ दशमलव ७० विन्दुमा रोकिएको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा व्यापक उछाल छाएको छ । यस साता थोरैमा ८ अर्ब ५९ करोड र धेरैमा १७ अर्ब २ करोडको कारोबार भयाे । गत साता औषतमा १२ अर्ब ६९ करोडको कारोबार भएकोमा यो साता औषतमा १३ अर्ब ५६ कराेडको कारोबार भएको छ ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा एक साताभरमा लगानीकर्ताको सम्पत्ती ५८ अर्बले बढेको छ । गत साता ३९ खर्ब ६ अर्ब रहेको बजार पुँजीकरण यो साता ५८ अर्बले बढेर ३९ खर्ब ६४ अर्ब पुगेको छ ।

सूचीकृत उपसमूहमध्ये यस साता विकास बैंक र फाइनान्स कम्पनीहरूकाे सेयर सबैभन्दा धेरै बढेको छ भने हाइड्रोपावर र ट्रेडिङ समूहकाे सेयर सबैभन्दा धेरै घटेको छ ।

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ६८ अंकले घटेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २८ सय ५६ दशमलव ६७ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

यस साता विकास बैंक र फाइनान्स कम्पनीकाे समूहमा उछाल आएपछि धेरै कमाउनेको सूचीमा पनि विकास बैंक र फाइनान्स कम्पनी कै लगानीकर्ताहरू छन् । यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यसपश्चात् सबैभन्दा धेरै नाफा कमाउने दोश्रो र तेश्रोमा क्रमश गोर्खाज फाइनान्स कम्पनी लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता सबैभन्दा धेरै गुमाउनेको सूचीमा हाइड्रोपावरका लगानीकर्ताहरू रहेका छन् । यस साता माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश बरूण हाइड्राेपावर र साधना लघुवित्तका लगानीकर्ता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको