Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, ०९ : ५९ मा प्रकाशित

नाडेप लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा आज (जेठ २३ गते, आइतबार) हुँदैछ । उक्त सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नागार्जुन-१, काठमाडाैँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा समझदारी भइसकेकाले उक्त कार्यको अनुमोदन गर्ने तथा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र संशोधन गर्नुपनेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

609e09cc417cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको