Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, १२ : २१ मा प्रकाशित

नाडेप लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा २ करोड एक लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५.७५ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ५६ लाख ३१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने ४१.७७ प्रतिशतले बढेर १९ करोड ४१ लाख ६४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १३ करोड ६९ लाख ५७ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ५७.७२ प्रतिशतले घटेर २ करोड ९३ लाख ७४ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ६ करोड ९४ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ९ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6209fa9aa172f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको