Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको २० प्रतिशत बोनस सेयर समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, ०७ : ५० मा प्रकाशित

नाडेप लघुवित्तको २० प्रतिशत बोनस सेयर समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (माघ ३ गते, साेमबार) नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

संस्थाकोको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ६५ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार ३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको ९ औँ वार्षिक साधारण सभा माघ १४ गते, धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट हुनेछ। सभाले संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

61e4cfbfbc6f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको