Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्त कमजोर प्रदर्शन, झण्डै ५०% ले घट्यो नाफा

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, ०८ : ०१ मा प्रकाशित

नाडेप लघुवित्त कमजोर प्रदर्शन, झण्डै ५०% ले घट्यो नाफा

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
घट्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४९ दशमलव ९८ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ११ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ६९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

खुद ब्याज आम्दानी
घट्यो 

सञ्चालन मुनाफा
घट्यो 

गत वर्षको तुलनामा यस वर्ष सम्भावित जोखिम शीर्षकमा ५४ दशमलव ९८ प्रतिशत बढी रकम छुट्याएकाले पनि यस वर्ष कम्पनीको सञ्चालन नाफा ५१ दशमलव २० प्रतिशत घटेको छ ।

प्रति शेयर आम्दानी (ईपीएस) 
१५ रुपैयाँ ६२  पैसा 

प्रतिशेयर नेटवर्थ
१६९.५७ रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
हाल कारोबार रोक्का 

जगेडा कोष
बढ्यो
२० प्रतिशत बोनस शेयर मार्फत यस वर्ष चुक्तापूँजी बढाएर रू. ४८ करोड ५७ लाख ६० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३ दशमलव ४० प्रतिशत बढेर रू. ३३ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा २ दशमलव ५२ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ७४ लाख कर्जा सापटी लिएको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

6268a9320ab55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको