Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तले चैत्र ८ गतेलाई डाक्यो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ०७ : ४० मा प्रकाशित

नाडेप लघुवित्तले चैत्र ८ गतेलाई डाक्यो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको ८ औँ बार्षिक साधारणसभा चैत्र ८ गते नौबिसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेकाले सेयरधनीहरुले यो पटक लाभांश प्राप्त गर्ने छैनन् ।  राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको हो ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र/० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

संस्थाले साधारणसभा प्रयोजनको लागि फागुन २१ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको