Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफको आईपीओ साधारणसभाबाट पारित

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १४ : १२ मा प्रकाशित

सानिमा लाइफको आईपीओ साधारणसभाबाट पारित

 सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

आइतबार सम्पन्न तेस्रो साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारणसभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको थियो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको