Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफकाे आईपीओ बुधबारदेखि खुल्दै, हेराैँ कम्पनी कस्ताे छ ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, १२ : ५९ मा प्रकाशित

सानिमा लाईफकाे आईपीओ बुधबारदेखि खुल्दै, हेराैँ कम्पनी कस्ताे छ ?

सानिमा लाईफकाे आईपीओ

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाेलि (साउन २० गते, बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन  तथा बिक्री खुल्ला गर्दैछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख कित्ता गर्न लागेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

कम्पनीकाे आर्थिक अवस्था 

सानिमा लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । साेही अवधिसम्म कम्पनीकाे जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएकाे छ । 

कति आवेदन दिने ?

पछिल्लाे समय आईपीओ भर्ने लगानीकर्ताहरूकाे संख्या एकदमै बढ्दाे छ । आईपीओ भर्ने संख्या २० लाख नाघिसकेकाे छ । हरेक कम्पनीकाे आईपीओमा मागभन्दा उच्च आवेदन पर्ने गरेकाे छ । याे आईपीओमा पनि मागभन्दा धेरै आवेदन पर्ने निश्चित छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार माग भन्दा धेरै आवेदन परेपछि हरेक आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान छ । 

यसकारण कम्पनीको आईपीओमा पनि १० कित्ताको लागि मात्रै आवेदन दिनु उचित हुन्छ ।

कम्पनीकाे सम्पूर्ण विवरण हेर्न यहाँ थिच्नुहाेस् 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको