Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्काशनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्स नाफामा, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १० : ५८ मा प्रकाशित

आईपीओ निष्काशनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्स नाफामा, अन्य सूचक कस्ता छन् ?

सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ११.७५ प्रतिशतले बढेर ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो ।

जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा १५४ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ५८ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ ।

हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

कम्पनीले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ।  

6098c24c4d2ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको