Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, बैंकमा लगानीकर्ताको आकर्षण

नेप्से

आइतबार, २३ जेठ २०७८, १४ : ५४ मा प्रकाशित

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, बैंकमा लगानीकर्ताको आकर्षण

नेपाली सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । सेयर बजारले नयाँ-नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित छन् ।

गत साताकाे पहिलाे दिन आइतबार काराेबार रकम र अन्तिम दिन बिहीबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएका थिए । यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि नेप्से परिसूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् ।

आइतबार सेयर बजार नेप्से २९०६.९१  विन्दुमा पुगी बन्द भएकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से यहाँभन्दा माथी पुगिसकेकाे छ । गत बिहीबार सेयर बजार २८५६ दशमलव ६७ विन्दुमा पुगी नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएकाे थियाे । नेप्सेले आज साेही विन्दुलाई ताेडी नयाँ रेकर्ड बनाएकाे हाे ।

नेप्से परिसूचकसँगसँगै यस दिन काराेबार रकमले पनि नयाँ रेकर्ड बनाएकाे छ । आइतबार हालसम्मकै उच्च अर्थात् १७ अर्ब २७ कराेड १७ लाख ८७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । गत आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे थियाे । नेप्सेले आज साेही रेकर्ड ताेडेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ मा पुगेकाे छ । नेप्से १.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.८८ अंकले बढेर ५२०.९९ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे ३ कराेड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २७ कराेड १७ लाख ८७ हजार ५ सय २५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आइतबार बैंकमा लगानीकर्ताको धेरै आकर्षण देखिएकाे छ । आइतबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लगायतका सेयरधनीहरूले सर्वाधिक कमाउँदा राधी विद्युत, दिव्यश्वरी हाइड्राेपावर लगायतका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । आइतबार काराेबार रकमकाे आधारमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ ।

आइतबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, मेगा बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेका छन् ।

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, रिडी हाइड्राेपावर, नेपाल बङ्गलादेश बैंक लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, पाेखरा फाइनान्स कम्पनी लिमिटेड, मेगा बैंक,  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड रहेका छन् ।

आइतबार सर्वाधिक नाफा .गुमाउने कम्पनीहरूमा क्रमश : राधी विद्युत, दिव्यश्वरी हाइड्राेपावर, नारायणी डेभलपमेन्ट बैंक, आँखुखाेला जलविद्युत, युनियन हाइड्राेपावर, घलेम्दी हाइड्राे, मल्टीपर्पस फाइनान्स, बेष्ट फाइनान्स, जाेशी हाइड्राेपावर र पञ्चकन्या माइ हाइड्राेपावर रहेका छन् ।

 हेराैं आजकाे सेयर तालिका :

60bc9815e30e1.jpg 60bc981b32b8f.jpg 60bc982237be3.jpg 60bc98276f516.jpg 60bc982e43423.jpg 60bc98354d68c.jpg 60bc983d9edbd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको