Like us!
Follow us!
Connect us!
Watch us!

डेनमार्कबाट अनुदानमा १४ लाख डोज खोप आउने पक्का

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १६ : ०२ मा प्रकाशित

डेनमार्कबाट अनुदानमा १४ लाख डोज खोप आउने पक्का

नेपाललाई डेनमार्क सरकारले १४ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर डेनिस सरकारले एस्ट्राजेनेकाको १४ लाख खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ तर पनि हाल सम्म कति डोज खोप उपलब्ध गराउने भन्ने बारेमा केहि खुलाएको छैन । नेपाल लगायत १६ देशलाई ७० लाख डोज खोप वितरण गर्ने अमेरिकाले घोषणा गरिसेको छ । 

हालसम्म नेपाललाई चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख र कोभ्यास कार्यक्रमार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ ।

नेपालले भारतको शेरम इन्स्टिच्युटसँग २० लाख डोप कोभिसिल्ड खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोप आएपनि बाँकी १० लाख अझै आएको छैन शेरमले नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी गराईसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको