Like us!
Follow us!
Connect us!
Watch us!

दुई फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १४ : ०५ मा प्रकाशित

दुई फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आज सोमबारको सेयर कारोबारमा २ फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

पोखरा फमइनान्स कम्पनी र आईसिएफसी फाईनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्कम सर्किट लागेको हो । 

पोखरा फाइनान्सको सेयर मूल्य ४९ रुपैयाँले बृद्धि भएर ५३९ रुपैयाँ पुगेको छ भने आईसिएफसी फाईनान्स कम्पनीको सेयर मूल्य ४८ रुपैयाँले बढेर ५२८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ  ।

आज फाइनान्स समूहमा सुचिकृत १५ कम्पनीहरुमध्य सबै कम्पनीहरुको सेयर मूल्य बृद्धि भएको छ यो समाचार तयार पार्दा सम्म यो उसपमूहको सब इन्डेक्स १६१.२१ अंकले बढेर २१३२.४३ को बिन्दुमा पुगेको छ । यो अहिलेसम्मको उच्च हो ।

कुनै समय ग बर्गका बित्तीय संस्थाहरुको सेयर मूल्य १ सय रुपैयाँदेखि २ सय रुपैयाँ बीचमा हुन्थ्यो । यी कम्पनी कसैको रोजाइमा पर्दैनथे । अहिले समय फेरिएको छ । अहिले लगानीकर्ताको रोजाइमा बाणिज्य बैंकभन्दा विकास बैंक पर्न थालेका छन् ।

यस बीचमा फाइनान्स कम्पनीको सेयर मूल्य अकासिएको छ । नेप्सेको इतिहासमै पहिलो पटक फाइनान्स कम्पनीको सब इन्डेक्सले बाणिज्य बैंकहरुको सब इन्डेक्सलाई उछिनेको छ ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा ‘क’ ‘ख’ ‘ग’ ‘घ’ बर्गका बैंक तथा बित्तीय संस्था को ब्यबस्था गरिएको छ । सो वर्गीकरण अनुसार ग वर्गमा पर्ने वित्तीय संस्था वित्त कम्पनी अर्थात फाइनान्स कम्पनीहरु हुन् । यस्ता कम्पनीहरुलाई नियामक नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्ने गरी काम, कर्तव्य र अधिकारहरु दिएको छ ।

ती कम्पनीको कारोबार सीमित हुने भएकाले नाफा पनि सीमित नै हुन्थ्यो । त्यसैले त्यस्ता कम्पनीमा लगानी गर्न लगानीकर्ताहरु इच्छुक हुँदैनथे । अहिले फाइनान्स कम्पनीको सेयर मूल्य दिनहुँ सर्किट लाग्ने गरी बढेको अबस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको