Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले घट्यो सेयर बजार, एक दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

नेप्से

सोमबार, २४ जेठ २०७८, १५ : ०२ मा प्रकाशित

झिनाे अंकले घट्यो सेयर बजार, एक दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजार झिनाे अंकले घटेकाे छ । हिजाे आइतबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेर २९०६.७० मा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३८ अंकले घटेर ५२०.६३ विन्दुमा पुगेको छ । 

कूल २२१ वटा कम्पनीकाे ३ कराेड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, साेमबार ३ वटा कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ भने अन्य एक दर्जन कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे छ । पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स र सेन्ट्रल फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

साेमबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेशनल हाइड्राेपावर, लुम्बिनी विकास बैंक, कुमारी बैंक लिमिटेड, मुक्तिनाथ बैंक लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, नेपाल क्रेडि एण्ड कमर्स बैंक लिमिटेड, मेगा बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स,  कामना सेवा विकास बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गोर्खाज फाइनान्स र मन्जुश्री फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।

साेमबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : लक्ष्मी बैंक, नारायणी डेभलपमेन्ट बैंक, सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड, सिटिजन्स बैंक, साल्ट ट्रेडिङ कर्पाेरेशन, नेपाल बङ्गलादेश बैंक, ९.५% मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ र गणपति लघुवित्त रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60bdf04d407aa.jpg 60bdf05209dc4.jpg 60bdf0577c11b.jpg 60bdf05d3dc39.jpg 60bdf064063c5.jpg 60bdf06cc7261.jpg 60bdf07253aa0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको