Like us!
Follow us!
Connect us!
Watch us!

२ वटा फाइनान्सको सेयरमा सकारात्मक सर्किट, एक दर्जन कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्से

मंगलबार, २५ जेठ २०७८, ११ : ३२ मा प्रकाशित

२ वटा फाइनान्सको सेयरमा सकारात्मक सर्किट, एक दर्जन कम्पनीको कारोबार सर्किट लेभलमा

आज (मंगलबार) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फाइनान्स कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । काराेबार खुलेकाे आधा घण्टामा नै २ वटा फाइनान्स कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने सर्किट लेभलमा काराेबार भइरहेका कम्पनीहरूमध्ये पनि अधिकांश फाइनान्स कम्पनी नै छन् ।

मंगलबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र गाेर्खाज फाइनानस कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ७३ रूपैयाँमा पुगेकाे छ । त्यस्तै, गाेर्खाज फाइनानस कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार २ सय ७६ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी,  अन्य एक दर्जन कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । मंगलबार ज्याेति विकास बैंक, मल्टीपर्पस फाइनान्स, गुहेश्वरी मर्चेन्ट, गुडविल फाइनानस, मञ्जुश्री फाइनान्स, बरूण हाइड्राेपावर, रिडी हाइड्राेपावर, आइसीएफसी फाइनान्स, पाेखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, बेष्ट फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायतका कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २६.६९ अंकले बढेर २९३३.३८ विन्दुमा पुगेकाे छ ।

60bf07728cec6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको