Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालहरूलाई अधिकतम अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालय अनुरोध

पत्रपत्रिका

बुधबार, २६ जेठ २०७८, ०६ : ३२ मा प्रकाशित

अस्पतालहरूलाई अधिकतम अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालय अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ । 

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी  गर्दै  अक्सिजन प्लान्ट वा ट्याङ्कहरू मर्मत जडान जतिसक्दो चाँडो  गरी पूर्ण  क्षमतामा सञ्चालन  हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । 

त्यसैगरी, खाली सिलिन्डर जतिसक्दो  चाँडो  सम्बन्धित उद्योगलाई  उपलब्ध  गराउन विज्ञप्तिमा आग्रह गरिएको छ । उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिन्डर विभिन्न कारणले मुलुकको विभिन्न   भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन्,   विज्ञप्तिमा उल्लेख गरिएको छ, ुती सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने  हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई  अप्ठ्यारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति, संस्था वा निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ  ।पछिल्लो समय अक्सिजन उत्पादन गर्ने उद्योगहरूले अक्सिजन पर्याप्त भएको तर भर्नका लागि खाली सिलिन्डरको अभाव रहेको बताएका छन् उद्योगहरूले आफूसँग भएका सिलिन्डरहरू पनि फिर्ता   नआएको भन्दै अहिले समस्या आएको जनाएका छन् । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको