Like us!
Follow us!
Connect us!
Watch us!

३ हजारको उचाई चुमेको नेप्से अन्तिममा दोहोरो अंकले घट्यो, नाफा बुक गर्दा करेक्सन आएको विश्लेषण

नेप्से

बुधबार, २६ जेठ २०७८, १४ : ५७ मा प्रकाशित

३ हजारको उचाई चुमेको नेप्से अन्तिममा दोहोरो अंकले घट्यो, नाफा बुक गर्दा करेक्सन आएको विश्लेषण

हिजाे नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बुधबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । तर इन्ट्रा डे काराेबारमा भने नेप्सेले ३००० काे विन्दु परिक्षण गरिसकेकाे छ । बुधबार इन्ट्रा डे काराेबारमा नेप्से ३००५.६२ काे विन्दुमा पुगेकाे थियाे । त्यसपश्चात् बन्द हुने बेलासम्म नेप्से दाेहाेराे अंकले घटेर २९४६.५८ विन्दुमा झरेकाे छ । नाफा बुक गर्दा करेक्सन आएको विश्लेषकहरूकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा झरेकाे छ ।

कूल २२१ वटा कम्पनीकाे ३ कराेड १३ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार ८ कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे छ । बढ्ने कम्पनीका अधिकांश हाइड्राेपावरहरू छन् । नेपाल लाइफ इन्स्याेरेन्स, युनाइटेड माेदी हाइड्राेपावर, रिडी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, सिइडिबी हाइड्राेपावर, बरूण हाइड्राेपावर लगायतकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे । 

बुधबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर, शिवम् सिमेन्ट, ज्याेति विकास बैंक लिमिटेड, प्रभु इन्स्याेरेन्स, हिमालयन डिष्टीलरी र मुक्तिनाथ विकास बैंक लिमिटेड रहेका छन् ।

बुधबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : नेपाल लाइफ इन्स्याेरेन्स, युनाइटेड माेदी हाइड्राेपावर, रिडी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, सिइडिबी हाइड्राेपावर, बरूण हाइड्राेपावर, पाेखरा फाइनान्स, प्रभु इन्स्याेरेन्स, गाेर्खाज फाइनान्स र गुडविल फाइनान्स रहेका छन् ।

बुधबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : युनाइटेड इदी मर्दी, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, जानकी फाइनान्स र सप्तकाेशी डेभलपमेन्ट बैंक रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60c0933c3b1c2.jpg 60c09340b5413.jpg 60c093469baa4.jpg 60c0934c29815.jpg 60c0935362b4c.jpg 60c0935a7eafb.jpg 60c093647c466.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको