Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरको सेयरमा सकारात्मक सर्किट, ६ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्से

विहीबार, २७ जेठ २०७८, १३ : १६ मा प्रकाशित

पाँचथर पावरको सेयरमा सकारात्मक सर्किट, ६ कम्पनीको कारोबार सर्किट लेभलमा

आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । सर्किट लेभलमा काराेबार भइरहेका कम्पनीहरूमध्ये अधिकांश हाइड्राेपावर कम्पनी नै छन् ।

बिहीबार पाँचथर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८५ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी,  अन्य ६ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । बिहीबार ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, बरूण हाइड्राेपावर, सिइडिबी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर र रिडी हाइड्राेपावरकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.२५ अंकले घटेर २९४४.३३ विन्दुमा पुगेकाे छ ।

60c1c171b338b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको