Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले घट्यो सेयर बजार, हाइड्रोमा लगानीकर्ताको आकर्षण

नेप्से

विहीबार, २७ जेठ २०७८, १४ : ५६ मा प्रकाशित

झिनाे अंकले घट्यो सेयर बजार, हाइड्रोमा लगानीकर्ताको आकर्षण

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार झिनाे अंकले घटेकाे छ । हिजाे बुधबार पनि नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे थियाे । घटेकाे बजारमा हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण बढेकाे छ । सर्किट लेभलमा काराेबार हुने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू नै रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ मा पुगेकाे छ । नेप्से ०.०६ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको छ । 

कूल २२० वटा कम्पनीकाे ३ कराेड ६ लाख ६ हजार ६ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार पाँचथर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८५ रूपैयाँ पुगेकाे छ । अन्य ११ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, बरूण हाइड्राेपावर, सिइडिबी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, रिडी हाइड्राेपावर लगायतकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे ।

बिहीबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, रिडी हाइड्राेपावर कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, अरूण काबेली र एनसीसी बैंक रहेका छन् ।

बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : पाँचथर पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, शिव श्री हाइड्राेपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, छ्याङ्दी हाइड्राेपावर, रिडी हाइड्राेपावर, बरूण हाइड्राेपावर, पाेखरा फाइनान्स, सिइडिबी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, ग्रीन लाइफ हाइड्राेपावर, जाेशी हाइड्राेपावर र ग्लाेबल आइएमइ लघुवित्त वित्तीय संस्था रहेका छन् । यी सबै कम्पनीकाे नाफा ९ प्रतिशतभन्दा धेरैले बढेकाे हाे ।

बिहीबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : गाेर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्याेरेन्स, युनाइटेड इन्स्याेरेन्स, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन, समिट लघुवित्त, प्राइम लाइफ, एभरेष्ट इन्स्याेरेन्स, एनएलजी इन्स्याेरेन्स, सिद्धार्थ इन्स्याेरेन्स र गुराँस लाइफ इन्स्याेरेन्स रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60c1dd22887fa.jpg 60c1dd26da93d.jpg 60c1dd2c347ed.jpg 60c1dd3182f3e.jpg 60c1dd37c9449.jpg 60c1dd3cc8efa.jpg 60c1dd4219044.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको