Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड १४ लाख कित्ता सेयर सूचिकृत

नेप्से

शनिबार, २९ जेठ २०७८, १० : ०३ मा प्रकाशित

नेप्सेमा १ करोड १४ लाख कित्ता सेयर सूचिकृत

याे साता धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीकाे १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर थपिएकाे छ । स्टकका अनुसार एक कम्पनीकाे बाेनस सेयर, एक कम्पनीकाे मर्जरपश्चातकाे सेयर र एक कम्पनीकाे साधारण सेयर (आईपीओ) याे साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

यस साता नेप्सेमा सूचीकृत भएकाे सेयर विवरण यस प्रकारकाे छ :

१. सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेड

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) जेठ २५ गते मंगलबार नेप्सेमा सूचीकृत भएकाे हाे । कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

२. लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड

लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २० लाख १० हजार कित्ता सेयर पनि जेठ २५ गते मंगलबार नै नेप्सेमा सूचिकृत भएको हाे । कम्पनीकाे फागुन २५ गते नक्सालस्थित एलआईसी शिक्षालय हलमा सम्पन्न भएकाे १८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । उक्त बाेनस सेयरधनीहरूकाे हितग्राही खातामा पनि जम्मा भइसकेकाे छ ।

60bf14a5c69df.jpg

३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे जेठ २३ गते, आइतबार सेयर सूचिकृत भएकाे थियाे । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी नेप्सेमा सूचिकृत भएकाे हाे ।

60bc8470c5877.jpg

 

याे पनि हेर्नुहाेस् :

बैंक होस् त नबिल जस्तो, किन गरिन्छ त धेरै विश्वास ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको