आज सोमबारको कारोबारमा नेप्से परिसुचकले ३००० को बिन्दु पार गरेको छ । आज नेप्से परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३ को बिन्दुमा पुगेको छ । यसअघि हिजो आइतबार सेयर बजार २९८३.१० विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकोमा नेप्सेले आज सोही विन्दुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो । यो बन्द हुँदाको हालसम्म कै उच्च विन्दु हो ।
नेप्से परिसुचक ४२ अंकले बढ्दा कारोबार रकममा भने हिजोको तुलनामा केहि कमि आएको छ । हिजो १९ अर्ब ५५ करोडको सेयर कारोबार भएकोमा आज कारोबार रकम केहि घटेर १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
शेयर लगानीकर्ता दबाब समुहका संयोजक हरी ढकालले अहिलेको नेप्सेको उचाई हाल सम्मका लागि ऐतिहासिक भएपनि अझै यस्ता धेरै नयाँ रेकर्डहरु भन्नै बाँकी रहेको बताएका छन् । आज लामो समयदेखी बढ्न नसकेको बैकिङ क्षेत्र आजबाट केहि बढ्ने देखिएको छ त्यसकारण आगामी दिनमा केहि सेक्टरहरुमा करेक्सन आएपनि समग्रमा नेप्से परिसुचक भने बढ्ने उनको दावी छ ।
केहि लगानीकर्ताहरुले ३००० को बिन्दुलाई मनोबैज्ञानीक ब्यारियर मानेको भएतापनि आजको कारोबारले त्यो ब्यारियरलाई तोडिदिएको बिश्लेषकहरुको दावी छ । बिचबिचमा केहि सामान्य करेक्सन आँउदै नेपालको सेयर बजारले अझै धेरै रकर्डहरु बनाउन बाँकीनै रहेको लगानीकर्ताहरुको तर्क छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.४३ प्रतिशतले बढेर ३०२५.८३ को बिन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक १०.६० अंकले बढेर ५५०.०२ मा पुगेको छ ।
आइतबार कूल २२१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये, ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी, खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, न्यादी पावर ग्रुप,ओलियन्टल होटल, सिइडिबी हाइड्रोपावर,तारागाँउ रिजेन्सी होटल, युनियन हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिसीटी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
ेआज सबैभन्दा बढि हाइड्रोपावर उपसमूहको सेयर कारोबार भएको छ । आज यो उरोबारपसमूहका कम्पनीहरुको ६ अर्बभन्दा बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी सबैभन्दा बढि रकमको सेयर कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ यो कम्पनीको आज ६२ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज माउन्टेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदि हाइड्रोपावर, गुडविल फाइनान्स र ग्रिनलाईफ हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस