Like us!
Follow us!
Connect us!
Watch us!

१७ जिल्लामा निषेधाज्ञाको समय थप, धेरै सेवा प्रवाहमा खुकुलो बनाइयो

पत्रपत्रिका

मंगलबार, ०१ असार २०७८, ०६ : २५ मा प्रकाशित

१७ जिल्लामा निषेधाज्ञाको समय थप, धेरै सेवा प्रवाहमा खुकुलो बनाइयो

कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी नषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ । 

थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि  खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी,  तनहुँ,  बारा,  इलाम,  अछाम,  पाँचथर  र  मुस्ताङमा  असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

सरकारले कोभिड–१९ सङ्क्रमण  महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता  जनकराज  दाहालले  काठमाडौँ  उपत्यकाको  मोडालिटीमा  अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए । केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न  निर्देशन  दिइएको  छ  ।  अधिकांश  जिल्लामा  रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ । 

दार्चुलामा  असार  १०,  पर्सामा  ६,  गोरखामा  ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ ।  धेरैजसो जिल्लामा कोरोना सङ्क्रमणको जोखिम घटेको छैन । उच्च ज्वरो, श्वासप्रश्वासलगायत स्वास्थ्यमा समस्या देखिएका बिरामी मात्र पीसीआर परीक्षणका लागि अस्पताल आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार घरदैलोसम्म पुगेर कसैको परीक्षण गरिएको छैन ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको