Like us!
Follow us!
Connect us!
Watch us!

३.७२ अंकले घट्यो सेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

नेप्से

मंगलबार, ०१ असार २०७८, १५ : ०२ मा प्रकाशित

३.७२ अंकले घट्यो सेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

आज (मंगलबार) सेयर बजार झिनाे अंकले घटेकाे छ । हिजाे साेमबार भने नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएकाे थियाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा पुगेकाे छ । नेप्से ०.१२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेर ५५०.२६ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे ३ कराेड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७६ कराेड १२ लाख ५ हजार ८ सय २१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पुनर्बीमा कम्पनी लिमिटेड,  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), हिमालयन डिष्टीलरी, अरूण भ्याली हाइड्राेपावर, नेशनल हाइड्राेपावर, लुम्बिनी विकास बैंक, अपि पावर कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : सिइडिबी हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, युनियन हाइड्राेपावर, ओरियन्टल हाेटल,  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), नेपाल टेलिकम, हिमालयन डिष्टीलरी, गाेर्खाज फाइनान्स, प्रुडेन्सियल इस्याेरेन्स र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

मंगलबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : छ्याङ्दी हाइड्राेपावर, लिबर्टी इनर्जी, बरूण हाइड्राेपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्राे डेभलपर्स, सप्तकाेशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स, नेपाल फाइनान्स र सेन्ट्रल फाइनान्स रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60c8779e1490d.jpg 60c877a5e83b5.jpg 60c877ab6cb85.jpg 60c877b36a012.jpg 60c877bedc905.jpg 60c877c714534.jpg 60c877d022ccb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको