Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको विज्ञप्ति प्रभाव : सेयर बजारमा ५२.४१ अंकको गिरावट

नेप्से

बुधबार, ०२ असार २०७८, १४ : ५६ मा प्रकाशित

बोर्डको विज्ञप्ति प्रभाव : सेयर बजारमा ५२.४१ अंकको गिरावट

आज (बुधबार) नेप्से परिसूचक र काराेबार रकम दुवै घटेकाे छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले बजारमा प्रत्यक्ष प्रभाव परेको देखिएकाे छ । 

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियाे ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२.४१ अंकले घटेर २९६९.६९ मा पुगेकाे छ । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५६ अंकले घटेर ५४१.७० मा पुगेको छ ।

कूल २१९ वटा कम्पनीकाे २ कराेड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज माइक्राेफाइनान्सबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार नेपाल पुनर्बीमा कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । सिइडिबी हाइड्राेका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । गाेर्खाज फाइनान्सकाे भाउ सबैभन्दा धेरै घटेकाे छ ।

बुधबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, नेशनल हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, अपि पावर, रसुवागढी हाइड्राेपावर, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अरूण काबेली पावर लिमिटेड र कुमारी बैंक लिमिटेड रहेका छन् ।

बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : सिइडिबी हाइड्राेपावर, फर्स्ट माइक्राेफाइनान्स, युनियन हाइड्राेपावर, आरएसडिसी लघुवित्त, सामुदायिक लघुवित्त, कालिका विकास बैंक, ग्रामीण विकास लघुवित्त, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त र स्वाेराेजगार लघुवित्त रहेका छन् ।

बुधबार गाेर्खाज फाइनान्स, जाेशी हाइड्राेपावर, नेपाल फाइनान्स, नेशनल हाइड्राेपावर, छ्याङ्दी हाइड्राेपावर, आँखुखाेला जलविद्युत, बेष्ट फाइनान्स, पञ्चकन्या माइ हाइड्राेपावर, घलेम्दी हाइड्राेपावर र पाेखरा फाइनान्स रहेका छन् ।

हेराैँ आ​जकाे सेयर तालिका :

60c9c8542e934.jpg 60c9c859bc954.jpg 60c9c85f1fa01.jpg 60c9c86558bd0.jpg 60c9c86c612eb.jpg 60c9c873d04bc.jpg 60c9c8824f23b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको