Like us!
Follow us!
Connect us!
Watch us!

करदातालाई राहत : सरकारले थप्यो कर तिर्ने म्याद

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १७ : ४६ मा प्रकाशित

करदातालाई राहत : सरकारले थप्यो कर तिर्ने म्याद

सरकारले कर तिर्ने म्याद थप गरेकाे छ । आन्तरिक राजस्व विभागले आज (बुधबार) एक सूचना प्रकाशन गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेकाे छ ।

काेभिड-१९ संक्रमणकाे राेकथामकाे सिलसिलामा विभिन्न जिल्लामा जारी गरिएकाे निषेधाज्ञाका कारण ताेकिएकाे समयमा कर बुझाउन करदातालाई परेकाे कठिनाईलाई दृष्टिगत गरी आर्थिक एन, २०७७ काे दफा १९ बमाेजिम नेपाल सरकार, अर्थ मन्त्रालयकाे असार २ गतेकाे निर्णय अनुसार कर विवरण तथा कर दाखिला गर्ने समय थपिएकाे सूचनामा उल्लेख छ ।

जस अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला, २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रीम करकट्टी भएको रकम र त्यसको विवरण,  २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला र २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने समय असार २५ गतेसम्म थपिएकाे हाे ।

 आन्तरिक राजस्व विभागले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c9eb23dac03.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको