Like us!
Follow us!
Connect us!
Watch us!

१.२९ अंकले घट्यो सेयर बजार, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

नेप्से

विहीबार, ०३ असार २०७८, १४ : ५८ मा प्रकाशित

१.२९ अंकले घट्यो सेयर बजार, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजार घटेकाे छ । बिहीबार सेयर बजार झिनाे अंकले घटेकाे हाे । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले हिजाे बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक ५२.४१ अंकले घटेकाे थियाे । बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक ०.५८ अंकले घटेर ५४१.१२ विन्दुमा पुगेको छ । 

कूल २२३ वटा कम्पनीकाे २ कराेड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ८८वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७६ कराेड ७४ लाख ७५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बिहीबार खानीखाेला हाइड्राेपावर, नेपाल फाइनान्स लगायतका कम्पनीहरूले सर्वाधिक कमाउँदा सिइडिबी हाइड्राेपावर, गाेर्खाज फाइनान्स लगायतका कम्पनीले सर्वाधिक गुमाएका छन् ।

बिहीबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पूनर्बीमा, नेशनल हाइड्राेपावर, नेपाल इन्स्याेरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन डिष्टीलरी, एनएलजी इन्स्याेरेन्स, लुम्बिनी विकास बैंक, अरूण भ्याली हाइड्राेपावर, अपि पावर र  आइएमइ जनरल इन्स्याेरेन्स रहेका छन् ।

बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : खानीखाेला हाइड्राेपावर, नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, साेल्टी हाेटल, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकाेशी डेभलपमेन्ट बैंक, एनएलजी इन्स्याेरेन्स, पाेखरा फाइनान्स, बेष्ट फाइनान्स र कालिका पावर रहेका छन् ।

बिहीबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : सिइडिबी हाइड्राेपावर, गाेर्खाज फाइनान्स, माउन्टेन इनर्जी, हिमालयन पावर पार्टनर, फर्स्ट माइक्राेफाइनान्स, ङादी ग्रुप पावर, ओरियरन्टल हाेटल, स्वाेराेजगार लघुवित्त, इन्फिनिटी लघुवित्त र नेपाल एसबीआइ बैंक रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60cb146c202b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको