Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १६ : ५५ मा प्रकाशित

आइतबार थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ६ हजार ६ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४ सय २१ जनामा र ४ हजार २ सय ४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा गरी कुल २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ५१ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना निकाे भएर घर फर्किएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको