Like us!
Follow us!
Connect us!
Watch us!

अझै केही दिन वर्षा नरोकिने

पत्रपत्रिका

सोमबार, ०७ असार २०७८, ०६ : ३९ मा प्रकाशित

अझै केही दिन वर्षा नरोकिने

अझै केही दिन वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही क्षेत्रमा वर्षा कम हुने भए पनि पूर्ण रूपमा रोकिनसकेको जनाइएको छ । 

मौसमविद् समिरकुमार श्रेष्ठले भने, “अबका केही दिन रोकिँदै वर्षा हुनेछ । केही दिनपछि वर्षा गण्डकी क्षेत्रमा केन्द्रित हुनेछ । केही भेगमा भारी वर्षाको खतरा टरिसकेको छैन ।” 

मनसुनी वायुको प्रभाव देशभर रहेको महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिमी क्षेत्र नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने भएको हो । सोमबार  देशभर  सामान्यदेखि  पूर्ण  बदलीको  अवस्था रहने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मङ्गलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । 

पछिल्लो समय महाकाली नदीमा बहाव सतर्कता तह आसपास रहेको र वर्षा  नरोकिएकाले बहाव अझ बढ्न सक्ने बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले जानकारी  दिए । 

हालको अवस्थामा महाकाली नदीका तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु आवश्यक रहेको उनले बताए । मध्य नेपालका ठूला नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ तर थोरै वर्षाले पनि त्यो ह्वात्तै बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । 

तराईमा सानो क्षेत्रमा वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आएर डुबान हुने खतरा रहेको छ । यी बाहेक मध्यम स्तरका खोला र खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना उस्तै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तामाकोसी नदीको पानीको बहाव तत्काल बढ्ने सम्भावना नरहे पनि वर्षा भएको खण्डमा बहाव पनि बढ्न सक्ने आकलन गरिएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको