Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता आत्तिँदा सेयर बजारमा पहिरो, विश्लेषक भन्छन् डराउनु पर्दैन

नेप्से

सोमबार, ०७ असार २०७८, १५ : ०२ मा प्रकाशित

लगानीकर्ता आत्तिँदा सेयर बजारमा पहिरो, विश्लेषक भन्छन् डराउनु पर्दैन

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजार घटेकाे छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले गर्दा गत बुधबारदेखी घट्दै आएकाे सेयर बजारले साेमबार पनि ओरालाे यात्रालाई नै निरन्तरता दिएकाे हाे ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ ।

सेयर बजार घटेपनि लगानीकर्ताहरू आत्तिहाल्नु पर्ने अवस्था नरहेकाे इन्भेस्टर्स फोरमका अध्यक्ष, लगानीकर्ताका नेता एवमं विश्लेषक छोटेलाल रौनियारले बताएका छन् । समग्र बजार सकारात्मक माहाेलमा चलिरहेकाे अवस्थामा एउटा विज्ञप्तिले गर्दा सेयर बजार खलबलिएकाे भएपनि अब केही दिनमा बजार फेरि उकालो लाग्ने हुनाले लगानीकर्ता डराउनु पर्ने अवस्था नरहेको उनले बताए । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने उनको भनाइ छ । उनका अनुसार विज्ञप्तिकाे प्रभावले गर्दा पैसा लिएर बसेका लगानीकर्ताहरूले पनि लगानी नगर्नु, लगानीकर्ताले नाफा बुक गर्नु, सानातिना लगानीकर्ताहरू डराउनु जस्ता कुराहरू अहिले बजार घट्नुकाे मुख्य कारण हुन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेकाे छ । नेप्से २.४५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक ८.३७ अंकले घटेर ५२०.१८ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीकाे २ कराेड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

सोमबार सर्वाधिक कारोबार हुने कम्पनीहरूमा क्रमश नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नागरिक लगानी कोष, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

सोमबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड संस्थापक सेयर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल टेलिकम, बरूण हाइड्रोपावर लगायतका कम्पनी रहेका छन् ।

सोमबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश युनिभर्सल पावर, गुहेश्वरी मर्चेन्ट, युनियन हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर लगायतकाका कम्पनी रहेका छन् । 

हेराैँ आजकाे सेयर तालिका :

 

60d05ecf8d119.jpg 60d05ed55e1e9.jpg 60d05edc30465.jpg 60d05ee1609fd.jpg 60d05eee6ecaf.jpg 60d05ef4e9176.jpg 60d05efabf9bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको