Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट  यूरो कपको सही अनुमान भोटिङ्ग गरी उपहार जित्न सकिने

अर्थ संसार

सोमबार, ०७ असार २०७८, १५ : ५९ मा प्रकाशित

खल्तीबाट  यूरो कपको सही अनुमान भोटिङ्ग गरी उपहार जित्न सकिने

खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५ हजार रूपैयाँसम्म नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ । 

खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा नि:शुल्क भोट गरी जो कोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ KYC भेरिफाइ गराएको हुनपर्नेछ ।

त्यसै गरि भोट को साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा Remarks सेक्सन मा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्नेछ। 

सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् । 

खल्ती सँग बैंक लिंक गर्नका लागि:

 १. खल्तीको होम पेजमा देखाइएको Link Bank Account व्यानरमा क्लिक गरि आफ्नो बैंक छनोट गर्ने र सम्पूर्ण विवरण भर्ने 

२. त्यसपछि, प्रयोगकर्ताको उल्लेखित नम्बरमा प्राप्त भएको OTP (One Time Password) राख्नुपर्नेछ 

 ३. अब, Verify बटनमा ट्याप गरिसकेपछि बैंक अकाउन्ट र खल्ती वालेट सफलतापूर्वक लिंक हुनेछ 

खल्तीले सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले याे योजना संचालनमा ल्याइएकाे खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर, शिरिष श्रेष्ठले बताएका छन् । यस योजना मार्फत फुटबल प्रेमीहरुले विशुद्द मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् । कुनै पनि किसिमको अनलाइन सट्टेबाजी र यसको प्रचार प्रसारको निन्दा गरिन्छ । 

 भोट गर्नका लागि Khalti.com मा गई बुकिंग सेक्सनमा रहेको भोट आइकन मा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ। 

 

https://lh6.googleusercontent.com/8Yp69yboTifoXOVvZuDOV2nA-woimTDRtznleCCQjbAYEBs1V6fhCbadVzFRjQzPFdAQgU9Lib8QGJGfVkUdiTAY71xbXAbV9__akcQ20DuiqhpH_k4BZr1TK29UUeH1Hv4d1WH2


 

१. पहिलो, यूरो कप को ब्यानर मा ट्याप गर्ने 

२. भोट गर्न चाहेको देशको फोटो तल भोट वा ड्र मा जाने 

३. अन्तिममा, भोट बटन मा क्लिक गरि ओके मा ट्याप गर्ने 

 

https://lh3.googleusercontent.com/f80Lz8ytzRKrnIRNQ0w8g_yvwVkyDiPKoIsKwej51e77iUygiA3iQ_GfvoVwWc2P1q4UkVEqXZAgi3tzgs1mtfX-fJr3cr_yJJ-O7sv06vAXm9HyvJdCOmTwoyeHgTYCQYBb4Ytc

 

 

 

 

 








 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको