Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, ०८ असार २०७८, ०५ : ५७ मा प्रकाशित

नेप्सेमा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको गरको हो । कम्पनीको समायोजनपछिको मूल्य ३ हजार ७ सय ४३ रुपैयाँ निर्धारण भएको छ । 

कोषको बिहीबारको अन्तिम कारोबार मूल्य ४ हजार ८० रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कोषको सेयर कारोबार खुल्नेछ । कोषले असार १८ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले लाभांश प्रस्ताव पारित गर्दैछ । 

कोषको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कोषले आज मंगलबार (असार ८ गते) नै बुक क्लोज गरेको छ । तसर्थ, हिजो सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

60d12bdf60f85.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको