नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता सेयर सूचिकृत भएको हाे ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस