मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले असार ६ गते, आइतबार आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।
संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस